रोल्पामा वर्षमानको ह्याट्रिक जित
पूर्वअर्थमन्त्री समेत रहेका उनले २७ हजार ४ सय ६० मत लिएर विजयी भएका हुन्।
राेल्पा, फागुन २३ : प्रतिनिधिसभा निर्वाचनमा रोल्पाबाट नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन विजयी भएका छन्।
पूर्वअर्थमन्त्री समेत रहेका उनले २७ हजार ४ सय ६० मत लिएर विजयी भएका हुन्।
१५ हजार ४ सय ५२ को फराकिलो मतान्तरमा उनी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डा. सुदनकुमावलीले १२ हजार ८ मत प्राप्त गरेका छन्।
रास्वपाका बालराम थापाले १० हजार ८ सय ९४ मत ल्याए भने एमालेका गोकुलप्रसाद घर्तीले ९ हजार ९ सय ३३, नेकपा माओवादीका चुडामणी वलीले ३ हजार ७ सय १४ मत ल्याएका छन्।
उनले जिल्लाबाट ह्याट्रिक गरेका हुन्। २०७४ र २०७९ को चुनावमा पनि रोल्पाबाटै प्रतिनिधिसभामा निर्वाचित भएका थिए।
प्रकाशित मिति: २०:०४ बजे, शनिबार, फागुन २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












