Kathmandu Press

देउवाको गढमा रास्वपाको उदय

रास्वपाका जोशीले १९ हजार १ सय ३१ मत ल्याउँदा कांग्रेसका महरले १२ हजार १ सय २१ मत मात्र ल्याए।
देउवाको गढमा रास्वपाको उदय

डढेल्धुरा, फागुन २३ : कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको छ।

लगातार ७ पटक देउवा विजयी भएको डढेल्धुरामा यो पटक रास्वपा उम्मेदवार ताराप्रसाद जोशी विजयी भए। 

सभापति गगन थापाले देउवालाई टिकट नमानेपछि देउवाले चुनाव नलड्ने घोषणा गरेका थिए। त्यहाँ कांग्रेसबाट नैनसिंह महर उम्मेदवार बनेका थिए। 

रास्वपाका जोशीले १९ हजार १ सय ३१ मत ल्याउँदा कांग्रेसका महरले १२ हजार १ सय २१ मत मात्र ल्याए।
 

प्रकाशित मिति: १९:५६ बजे, शनिबार, फागुन २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्