चितवनमा अटो दुर्घटना, ४ जनाको मृत्यु
दुर्घटनामा अटो चालक राप्ती नगरपालिका–९ बस्ने पूर्णबहादुर विक, बिनी तामाङ र तिलक तामाङ तथा राप्ती नगरपालिका–८ की बिष्णुकुमारी तामाङको मृत्यु भएको छ।
चितवन, फागुन २३ : चितवनको कालिका नगरपालिका–९ मा अटो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
शनिबार साँझ उपरदाङगढीबाट शक्तिखोरतर्फ आउँदे गरेको बा.प्र ०६–००१ ह ०३१५ नम्बरको अटो आफैं अनियन्त्रित भएर नालीमा खस्दा ४ जनाको मृत्यु भएको हो। दुर्घटनामा अन्य १ जना घाइते भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अटो चालक राप्ती नगरपालिका–९ बस्ने पूर्णबहादुर विक, बिनी तामाङ र तिलक तामाङ तथा राप्ती नगरपालिका–८ की बिष्णुकुमारी तामाङको मृत्यु भएको छ। अन्यको घटनास्थलमै मृत्यु भएको थियो भने तिलकको उपचाकार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएकी राप्ती–९ कै चिनिकुमारी गुरुङको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरील जनाएको छ।
प्रकाशित मिति: १९:४७ बजे, शनिबार, फागुन २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












