Kathmandu Press

अब कानुनी राज भक्तपुर–२ बाट सुरु हुन्छ : राजीव खत्री

अब कानुनी राज भक्तपुर–२ बाट सुरु हुन्छ : राजीव खत्री

भक्तपुर, फागुन २३ : प्रतिनिधि सभा सदस्य पदमा भक्तपुर–२ मा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्रीले अब कानुनीराज भक्तपुर–२ बाट सुरु हुने बताएका छन् ।

शनिबार निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले कानुनलाई केही मान्छेले मुठ्ठीमा लिँदा जनताहरु खुलेर समर्थन गर्न नसक्ने अवस्था आफूले पाएको भन्दै अब कानुनी राज भक्तपुर–२ बाट सुरु हुने प्रतिक्रिया दिएका हुन्।

Hardik ivf

‘हाम्रो देशमा कानुनलाई केही मान्छेले मुठ्ठीमा लिन्छन, जसले गर्दा आम नागरिक डर त्रासले बस्छन्। मानिसहरु खुल्न सकेका थिएनन्। स्वागत गर्न सकेको थिएनन्। अब कानुनी राज भक्तपुर–२ बाट सुरु हुन्छ,’ उनले भने।

त्यस्तै उनले आफूले भक्तपुर –२ बाट जित्दा सिंगो देशले जित्ने अवस्था बनेको भन्दै प्रतिस्पर्धी कोही उम्मेदवारले पनि हारको महशुस गर्न नपर्ने धारणा राखे।

‘म भक्तपुर–२ मा जित्न आएको हुँ, जितें  तर कसैले हार महशुस गर्नुपर्दैन। भक्तपुरमा राजीव खत्रीले जित्दै गर्दा भक्तपुसँगै देशले जित्ने अवस्था बन्छ । कोही पनि ३२ जना प्रतिस्पर्धी उम्मेदवारको सहि एजेण्डाले पनि जित्छ,’ उनले भने।

त्यस्तै एमालेका उम्मेदवार महेश बस्नेतले आफूलाई ‘फुच्चे’ भनेर सम्बोधन गरेकोप्रति जवाफ फर्काउँदै अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई फुच्चे नालायक देखेपनि समय फुच्चे र नालायककै हुने प्रतिक्रिया दिए।

‘म जनताको तराजुमा जोखिन आएको थिएँ । यहाँ को हार्यो को जित्यो भन्दापनि सबैले जित्यौं भन्ने मलाई लागेको छ। उहाँ उमेरमा पनि म भन्दा ठूलो हुनुहुन्छ। राजनीतिको हिसाबले पनि अगाडि हुनुहुन्छ। त्यसैले मलाई उहाँले फुच्चे भन्नुभएको होला, त्यो स्वभाविक हो,’ उनले भने।

अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई जहिल्यै पनि फुच्चे देख्छ । नालायक देख्छ । तर जति नै फुच्चे र नालायक भएपनि समय उसको नै हुन्छ । सबैभन्दा बलवान समय र जनता हुन् ।’

प्रकाशित मिति: १६:५७ बजे, शनिबार, फागुन २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्