Kathmandu Press

सोवितालाई बधाई दिंदै रेनुले भनिन् : मतमा हारें, जनताको मन जितेको छु

उनले आफ्नो ३० वर्षे राजनीतिक जीवन र भरतपुरमा नौं वर्ष नगर प्रमुखको रूपमा बिताएको समय जनताको सेवा र क्षेत्रको विकासमा समर्पित भएको बताइन्।
सोवितालाई बधाई दिंदै रेनुले भनिन् : मतमा हारें, जनताको मन जितेको छु

चितवन, फागुन २३ : प्रतिनिधि सभा सदस्य पदको निर्वाचन अन्तर्गत चितवन ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले मतमा हार भएपनि कामबाट जनताको मन जित्न सफल भएको बताएकी छन्।

शनिवार सामाजिक संजालमार्फत विजयी उम्मेदवार रास्वपाकी सोबिता गौतमलाई बधाई दिंदै उनले मतमा हार भएपनि काम र योगदानबाट जनताको मन जित्न सफल भएको उल्लेख गरेकी हुन्।

उनले आफ्नो ३० वर्षे राजनीतिक जीवन र भरतपुरमा नौं वर्ष नगर प्रमुखको रूपमा बिताएको समय जनताको सेवा र क्षेत्रको विकासमा समर्पित भएको बताइन्।

उनले सबै मतदाताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा चितवनको विकास, समृद्धि र खुशीयालीका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

दाहालले निर्वाचन अभियानमा सक्रिय रहेका पार्टीका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक, मिडिया कर्मी र कलाकारलाई विशेष धन्यवाद दिइन्।

प्रकाशित मिति: १६:४७ बजे, शनिबार, फागुन २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्