Kathmandu Press

काभ्रे २ मा रास्वपाका भण्डारी विजयी

अन्तिम मत परिणाम अनुसार रास्वपाका उम्मेदवार भण्डारीले नेपाली काङ्ग्रेसका उम्मेदवार मधुप्रसाद आचार्यलाई ३५ हजार ४७६ मतान्तरले पराजित गरेका हुन्।
काभ्रे २ मा रास्वपाका भण्डारी विजयी

काभ्रे, फागुन २३ : प्रतिनिधि सभामा काभ्रे २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बदनकुमार भण्डारी भारी मतले विजयी भएका छन्।

अन्तिम मत परिणाम अनुसार रास्वपाका उम्मेदवार भण्डारीले नेपाली काङ्ग्रेसका उम्मेदवार मधुप्रसाद आचार्यलाई ३५ हजार ४७६ मतान्तरले पराजित गरेका हुन्।

भण्डारीले ५३ हजार ३ सय ४४ मत ल्याएका छन् भने कांग्रेसका आचार्यले १७ हजार ८ सय ६८ मत ल्याएका छन्। नेकपाका अशोककुमार ब्याञ्जु श्रेष्ठले १३ हजार ९ सय ४० मत ल्याएका छन्।

यस्तै, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार बसुन्धरा हुमागाईंले आठ हजार १०७ मत प्राप्त गर्दा उज्यालो नेपाल पार्टीका उम्मेदवार ज्योत्सना सैजुले तीन हजार ७४९ मत र राप्रपाका रन्जित श्रेष्ठले एक हजार १२५ मत प्राप्त गरेका छन्।

काभ्रे –२ मा १६ राजनीति दल र आठ स्वतन्त्र गरि २४ जनाले उम्मेदवारी दिएका थिए। यसअघि २०७९ मा काभ्रे–२ मा एमालेका गोकुल बास्कोटाले जितेका थिए।

प्रकाशित मिति: १६:४१ बजे, शनिबार, फागुन २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्