Kathmandu Press

प्रदीप ज्ञवाली र चन्द्र भण्डारीलाई पाखा लगाउँदै गुल्मी–१ मा सागर ढकाल विजयी

अन्तिम मत परिणाम अनुसार ढकालले निकट प्रतिस्पर्धी ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पछि पार्दै विजयी भएका हुन्।
प्रदीप ज्ञवाली र चन्द्र भण्डारीलाई पाखा लगाउँदै गुल्मी–१ मा सागर ढकाल विजयी

गुल्मी, फागुन २३ : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाल विजयी भएका छन्।

अन्तिम मत परिणाम अनुसार ढकालले निकट प्रतिस्पर्धी ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पछि पार्दै विजयी भएका हुन्।

Hardik ivf

ढकालले ३० हजार ४४८ मत प्राप्त गरेर छन् । उनका निकटतम प्रतिस्पर्धी  ज्ञवालीले १५ हजार ३२८ मत प्राप्त गरे।

यस्तै, नेपाली कांग्रेसका चन्द्र भण्डारीले १३ हजार ७३१ मत प्राप्त गरेका छन्।

योसँगै गुल्मीमा पनि रास्वपाले क्लिनस्विप गरेको छ। यसअघि गुल्मी २ मा गोविन्द पन्थी विजयी भएका थिए।

प्रकाशित मिति: १६:३८ बजे, शनिबार, फागुन २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्