नेमकिपाकाे गढ भत्काएका रूकेश भन्छन्- रिवर्तनका चाहनालाई मूर्त रुप दिनका लागि पूर्ण प्रयास गर्नेछु
‘यहाँका मतदाताहरुले जुन किसिमको परिवर्तनको चाहना राख्नुभएको छ त्यो चाहानालाई मूर्त रुप दिनको लागि पूर्ण रुपमा हामी प्रयास गर्ने छौं,’ उनले भने।
काठमाडौं, फागुन २३ : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित रुकेश रन्जितले मतदाताहरुले चाहनालाई मूर्त रुप दिनको लागि पूर्ण रुपमा प्रयास गर्ने प्रतिबद्धता जनाएका छन्।
शनिबार निर्वाचितपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले मतदाताहरुले राखेको परिवर्तनको चाहनालाई मूर्त रुप दिनको लागि पूर्ण रुपमा प्रयास गर्ने प्रतिबद्धता जनाएका हुन्।
‘यहाँका मतदाताहरुले जुन किसिमको परिवर्तनको चाहना राख्नुभएको छ त्यो चाहानालाई मूर्त रुप दिनको लागि पूर्ण रुपमा हामी प्रयास गर्ने छौं,’ उनले भने।
त्यस्तै उनले अगाडि कार्यक्रमहरु पार्टीले तय गरेको नीति तथा कार्यक्रम अनुसार र सँगसँगै मूल्य र मान्यता अनुसार अगाडि बढ्ने जानकारी गराए। देशको नीति निर्माणको काम र जनताको चाहाना पूर्ति गर्नेे अभिभारालाई जिम्मेवारीपूर्वक निभाउने उनको अठोट छ।
‘अगाडि दिनमा हाम्रो पार्टीले तय गरेको नीति तथा कार्यक्रम अनुसार र सँगसँगै मूल्य र मान्यता अनुसार अगाडि बढ्ने छौं। देशको नीति निर्माणको काम र जनताको चाहाना पूर्ति गर्ने हाम्रो अभिभारालाई जिम्मेवारीपूर्वक निभाउने छु’ उनले भने।












