दाङ–२ मा रास्वपाका विपिन आचार्यले एमाले महासचिवलाई २८ हजार मतान्तरले हराए
कुल ८२ हजार ६ मतमध्ये आचार्यले ४३ हजार ५५७ सय मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका महासचिव पोखरेलले १५ हजार २८२ मत मात्रै ल्याउन सके।
दाङ, फागुन २३ : प्रतिनिधि सभा निर्वाचनमा दाङ–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य विजयी भएका छन्।
उनले एमाले महासचिव शंकर पोखरेलमाथि २८ हजार २७५ मतान्तरको सानदार जित निकालेका हुन्।
कुल ८२ हजार ६ मतमध्ये आचार्यले ४३ हजार ५५७ सय मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका महासचिव पोखरेलले १५ हजार २८२ मत मात्रै ल्याउन सके।
पोखरेल लागतार दोस्रो पटक यो क्षेत्रबाट पराजित भए। अघिल्लो पटक उनी माओवादी केन्द्रका रेखा शर्मासँग पराजित भएका थिए।
त्यस्तै अर्का प्रतिष्पर्धी कांग्रेसका किरणकिशोर घिमिरेले ११ हजार २७७ र नेपाली कम्युनिष्ट पार्टीका निर्मलकुमार आचार्यले ७ हजार ८१ मत प्राप्त गरेका छन्।
प्रकाशित मिति: १४:१९ बजे, शनिबार, फागुन २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार