Kathmandu Press

देशभर रास्वपाले ४० सिट जित्दा कांग्रेसले जित्येा ६ सिट

पछिल्लो अपडेट अनुसार रास्वपाले ४० सिट जितेको छ भने ७९ स्थानमा अग्रता बनाएको छ। 
देशभर रास्वपाले ४० सिट जित्दा कांग्रेसले जित्येा ६ सिट

काठमाडौं, फागुन २३ : फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर उल्लेखनीय अग्रता लिइरहेको छ। 

पछिल्लो अपडेट अनुसार रास्वपाले ४० सिट जितेको छ भने ७९ स्थानमा अग्रता बनाएको छ। 

बहुमततर्फ अग्रसर भएको रास्वपाले काठमाडौं उपत्यकामा क्लिनस्वीप गर्ने देखिएको छ। रास्वपाले काठमडौंका १० वटै र भक्तपुरका दुवै क्षेत्रमा जित निकाल्दा ललितपुरका ३ मध्ये २ क्षेत्रमा जित निकालिसकेको छ भने अर्को क्षेत्रमा पनि जित नजिक छ।

Hardik ivf

मधेशमा कमजोर भनिएको रास्वपा त्यहाँका थुप्रै जिल्ला पनि क्लिनस्विपतर्फ अघि बढेको छ। रास्वपा मधेशमा निकै बलियो देखिँदा मधेशवादी दलहरु भने निकै कमजोर अवस्थामा देखिएका छन्।

यसले पुराना दलहरूलाई चुनौती दिएको छ। जसमध्ये नेपाली कांग्रेस हालसम्म ६ सिटमा विजयी बन्दै दोस्रो स्थानमा खुम्चिएको छ।

प्राप्त पछिल्लो परिणाम अनुसार कांग्रेसबाट जित हासिल गर्ने उम्मेदवारहरूमा डोटीबाट भरतबहादुर खड्का १४,८९७ मतले बिजय हुँदा दैलेखबाट बासना थापा १२,३७२ मत, सन्तोष सुब्बा–तेह्रथुबाट ११,५६१ मतले विजय भएका छन्।

यस्तै, मोहन आचार्य रसुवा १ बाट १०,६५६ मतले विजयी हुँदा योगेश गौचन थकाली मुस्ताङबाट ३,३०७ मतले विजयी भए । यसैगरी टेकबहादुर गुरुङ – मनाङ १ बाट २,४१५ मतले विजयी भए।

हालसम्मको मतगणनामा रास्वपाले ८४ स्थानमा अग्रता बनाएको छ। नेपाली कांग्रेसले १० स्थानमा अग्रता कायम गरेको छ भने नेकपा एमालेले २ सिटमा जित हासिल गरेको छ र ९ स्थानमा अग्रता लिइरहेको छ । यस्तै, नेकपाले २ सिट जित्दा १० स्थानमा अग्रता कायम गरेको छ।

विशेषगरी झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओली भन्दा करिब ३५ हजार मतले अग्रता बनाएका छन्। हालको निर्वाचन परिणाम अनुसार रास्वपा अहिले देशभरको राजनीतिक परिदृश्यमा बलियो पार्टीको रुपमा देखा परेको छ।

निर्वाचन नतिजाले परम्परागत दलहरूको स्थिति चुनौतीपूर्ण बनाएको छ भने नयाँ राजनीतिक दलले जनमतमा आफ्नो प्रभुत्व कायम गरेको छ।

प्रकाशित मिति: १४:०९ बजे, शनिबार, फागुन २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्