Kathmandu Press

लागतार तेस्रो हारपछि दलीय राजनीतिबाट विदा लिने रविन्द्र मिश्रको घोषणा

विचारभन्दा माथि देश, देशका लागि नरेश, नवीन समझदारी र संरचनागत पुनरावलोकनको मार्गबिना बदलिँदो भूराजनीति र क्षयीकृत हुँदै गएको चौतर्फी आन्तरिक परिस्थितिका माझ भावी पुस्ताका लागि देश बचाउन र बनाउन सकिँदैन भन्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।
लागतार तेस्रो हारपछि दलीय राजनीतिबाट विदा लिने रविन्द्र मिश्रको घोषणा

काठमाडौं, फागुन २३ : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले दलीय राजनीतिबाट तत्कालका लागि विदा लिएको घोषणा गरेका छन्। शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले दलीय राजनीतिबाट तत्कालका लागि विदा लिएको घोषणा गरेका हुन्।

उनले देशभर राजसंस्था पुनस्र्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि सो जनमतलाई सङ्गठित र पूँजीकृत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी विविध कारणले बारम्बार विफल भएको बताएका छन्।

Hardik ivf

विचारभन्दा माथि देश, देशका लागि नरेश, नवीन समझदारी र संरचनागत पुनरावलोकनको मार्गबिना बदलिँदो भूराजनीति र क्षयीकृत हुँदै गएको चौतर्फी आन्तरिक परिस्थितिका माझ भावी पुस्ताका लागि देश बचाउन र बनाउन सकिँदैन भन्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।

 ‘मैले आज जे निर्णय लिँदैछु, त्यो कुनै निराशा, हताश वा हतारमा लिँदै छैन, धेरै सोचि विचारी लिँदैछु। देशभर राजसंस्था पुनस्र्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि सो जनमतलाई सङ्गठित र पूँजीकृत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी विविध कारणले बारम्बार विफल भएको छ, जसका लागि पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियतले म पनि जिम्मेवार छु,’ उनले लेखेका छन्, ‘विचारभन्दा माथि देश, देशका लागि नरेश, नवीन समझदारी र संरचनागत पुनरावलोकनको मार्गबिना बदलिँदो भूराजनीति र क्षयीकृत हुँदै गएको चौतर्फी आन्तरिक परिस्थितिका माझ भावी पुस्ताका लागि देश बचाउन र बनाउन सकिँदैन भन्नेमा म विश्वस्त छु।’

मिश्रले आफ्नो राजनीतिक यात्राको मूल्याङ्कन गर्दै भने,  ‘गत ९ वर्षको अभूतपूर्व रूपमा उतार–चढावपूर्ण मेरो राजनीतिक यात्राका क्रममा मैले मेरो विवेक र बुद्धिले भ्याएसम्म इमानदारिपूर्वक राजनीतिक र राष्ट्रिय रूपान्तरणका लागि प्रयास गरेँ। त्यो प्रयास अझै पर्याप्त देखिएको छैन । तर ‘देशभन्दा माथि स्वार्थ’लाई राखेर ‘व्यक्तिले पाउने, देशले नपाउने’ कुनै पनि काम कुनै हालतमा गर्ने छैन।’


साथै उनले देश–विदेशमा रहेका नेपाली र पार्टीका साथीहरूको समर्थनप्रति आभार व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको आगामी यात्रामा सफलता र शुभकामना दिएका छन्।

प्रकाशित मिति: १२:४८ बजे, शनिबार, फागुन २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्