Kathmandu Press

ललितपुर १ मा रास्वपाका महर्जन विजयी, कांग्रेसका सहमहामन्त्री राणा पराजित

निकटतम प्रतिद्वन्द्वी उदयशमशेर जबरालाई झन्डै १० हजार मतले पछि पार्दै महर्जन विजयी भएका हुन्।
ललितपुर १ मा रास्वपाका महर्जन विजयी, कांग्रेसका सहमहामन्त्री राणा पराजित

ललितपु, फागुन २३ : ललितपुर–१ मा रास्वपाका बुद्धरत्न महर्जन विजयी भएका छन्।

निकटतम प्रतिद्वन्द्वी उदयशमशेर जबरालाई झन्डै १० हजार मतले पछि पार्दै महर्जन विजयी भएका हुन्।

महर्जनले २३ हजार ३७३ मतसहित विजयी हुँदा कांग्रेसका सहमहामन्त्रीसमेत रहेका जबराले १३ हजार ५२० मत ल्याएका छन्।

ललितपुर–१ मा तेस्रो भएका नेकपा एमालेका उम्मेदवार चेतनाथ सञ्जेल छ हजार ५४६ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुनिल महर्जनले एक हजार ९६४ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: ११:४४ बजे, शनिबार, फागुन २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्