Kathmandu Press

काठमाडाैं ९मा जितेपछि डिपी अर्यालले भने- मेरो प्रतिस्पर्धा कुनै दलसँग होइन कुशासन र भ्रष्टचारीहरुसँग हो

उनले ३५ हजार ९३ मत प्राप्त गरेका छन भने उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नानुमैया बास्तोलाले ५ हजार ४६० मत प्राप्त गरेकी छन्।
काठमाडाैं ९मा जितेपछि डिपी अर्यालले भने- मेरो प्रतिस्पर्धा कुनै दलसँग होइन कुशासन र भ्रष्टचारीहरुसँग हो

काठमाडौं, फागुन २३ : काठमाडौं क्षेत्र नम्बर ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्याल विजयी भएका छन्। अर्याल २९ हजार ६३३ मतान्तरले विजयी भएका हुन्। 

उनले ३५ हजार ९३ मत प्राप्त गरेका छन भने उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नानुमैया बास्तोलाले ५ हजार ४६० मत प्राप्त गरेकी छन्।

Hardik ivf

त्यस्तै नेकपा एमालेका उम्मेदवार अजय क्रान्ति शाक्यले ४ हजार ५८० मत प्राप्त गरेका छन्।

विजयजुलुसमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफ्नो प्रतिस्पर्धा कुनै दलसँग नभई देशमा रहेको कुशासन र देशमा रहेका भ्रष्टचारीहरुसँग रहेको प्रतिक्रिया दिए।

‘मेरो प्रतिस्पर्धा त्योसँगमात्र हुन्छ ,यो देशमा रहेको कुशासन र देशमा रहेका भ्रष्टचारीहरुसँग मेरो प्रतिस्पर्धा हुन्छ। मैले कहिल्यै पनि अन्य दलका साथिहरुसँग प्रतिस्पर्धाको रुपमा हेरेको छैन । कुनै दल र कुनै नेताको नाम लिनै परेन । हामीले रास्वपा र मलाई चिनाउन मात्र प्रयास गर्यौं,’ उनले भने।

त्यस्तै उनले देश अब समृद्धितर्फ अगाडि बढ्ने र भ्रष्टाचारको अन्त्यगरी सुशासन कायम हुने दाबी गरे।

प्रकाशित मिति: १०:३९ बजे, शनिबार, फागुन २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्