Kathmandu Press

ललितपुर २ मा रास्वपाका जगदीश खरेल विजयी

खरेलले ११ हजार ५४७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। योसँगै उनी यो क्षेत्रबाट नेवार समुदयाभन्दा बाहिरबाट जित निकाल्ने पहिलो व्यक्ति बनेका छन्।
ललितपुर २ मा रास्वपाका जगदीश खरेल विजयी

ललितपुर, फागुन २३ : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार जगदीश खरेल विजयी भएका छन्।

खरेलले ११ हजार ५४७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। योसँगै उनी यो क्षेत्रबाट नेवार समुदयाभन्दा बाहिरबाट जित निकाल्ने पहिलो व्यक्ति बनेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रेमकृष्ण महर्जनले एक हजार ५२१ मत प्राप्त गरेका छन्।

त्यस्तै नेकपा ९एमाले०का उम्मेदवार प्रेमबहादुर महर्जनले एक हजार १३६ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: १०:३६ बजे, शनिबार, फागुन २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्