Kathmandu Press

काठमाडौं २ र ४ रास्वपाका सुनिल केसी र पुकार बम विजयी

अन्तिम मत परिणाम अनुसार काठमाडौं २मा सुनिल केसी र काठमाडौं ४ मा पुकार बम निर्वाचित भएका हुन्।
काठमाडौं २ र ४ रास्वपाका सुनिल केसी र पुकार बम विजयी

काठमाडौं, फागुन २३ : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं. २ र ४ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी भएका छन्

अन्तिम मत परिणाम अनुसार काठमाडौं २मा सुनिल केसी र काठमाडौं ४ मा पुकार बम निर्वाचित भएका हुन्।

निर्वाचन आयोगका अनुसार केसीले ३४ हजार २३८ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कविर शर्माले आठ हजार ८७४ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० की उम्मेदवार कुन्तीदेवी पोखरेलले पाँच हजार २१० मत प्राप्त गरेकी छन्।

यसअघि उक्त निर्वाचन क्षेत्रमा यसअघिको निर्वाचनमा रास्वपाकी सोबिता गौतम विजयी भएकी थिइन्। 

यस्तै, काठमाडौं ४ मा रास्वपाका उम्मेदवार पुकार बम २९ हजार १४२ मत प्राप्त गर्दै विजय भए। 

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सेनाले आठ हजार ८२४ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का उम्मेदवार राजन भट्टराईले पाँच हजार ७३३ मत प्राप्त छन्।

यसअघि सोही क्षेत्रबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापा निर्वाचित भएका थिए।

प्रकाशित मिति: १०:३३ बजे, शनिबार, फागुन २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्