Kathmandu Press

भक्तपुर–१ मा भत्कियाे नेमकिपाकाे गढ, रास्वपाका रुकेश रन्जित विजयी

अन्तिम मत परिणाम अनुसार रन्जितले ३३ हजार ४३६ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्।  उनका निकटतम प्रतिस्पर्धी नेमकिपाका उम्मेदवार प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गरेका छन्।
भक्तपुर–१ मा भत्कियाे नेमकिपाकाे गढ, रास्वपाका रुकेश रन्जित विजयी

भक्तपुर, फागुन २३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीको गढ भत्काएको छ।

फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा नेमकिपाको गढ भत्काउँदै रास्वपाका रुकेश रन्जित विजयी भएका छन्।

Hardik ivf

अन्तिम मत परिणाम अनुसार रन्जितले ३३ हजार ४३६ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। 

उनका निकटतम प्रतिस्पर्धी नेमकिपाका उम्मेदवार प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गरेका छन्। यससँगै उनीहरूबीचको मतान्तर पाँच हजार २८९ पुगेको छ।

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार किरण न्यौपाने चार हजार २२८ मत, नेकपा एमालेका सोमप्रसाद पाण्डेले तीन हजार ७२१ मत ,राष्ट्रिय प्रजातन्त्र पार्टी का भरतबहादुर खड्काले दुई हजार ४७२ मत र नेकपाका हरिराम लबजुले एक हजार १७७ मत ल्याएका छन्।

भक्तपुर–१ लामो समयदेखि नेमकिपाको प्रभाव रहेको क्षेत्र मानिन्थ्यो। यसअघि २०७९ र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट प्रेम सुवाल निर्वाचित भएका थिए । त्यस्तै २०४८, २०५१, २०५६, २०६४ र २०७० सालका निर्वाचनमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे विजयी भएका थिए।

तर यसपटक भने रास्वपाका रन्जितले विजय हासिल गर्दै २०४८ सालयता कायम रहेको नेमकिपाको जितको श्रृंखला तोडेका छन्।

प्रकाशित मिति: १०:०६ बजे, शनिबार, फागुन २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्