म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी
२२ हजार ८५० मतका साथ उनी निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरे।
म्याग्दी, फागुन २३ : म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महावीर पुन निर्वाचित भएका छन्।
२२ हजार ८५० मतका साथ उनी निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरे।
मतगणना सकिए पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न भन्र बाँकी छ।
नेपाली काँग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ८८४ र नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले ३ हजार ५२९ मत प्राप्त गरे।
म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो।
प्रकाशित मिति: ०९:५३ बजे, शनिबार, फागुन २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार