जाजरकोटमा ‘शक्तिहीन’ देखिए शक्ति बस्नेत
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार बस्नेतसँग बिसीले मतान्तर बढाउँदै लगेका छन्।
सुर्खेत, फागुन २३ : जाजरकोटको पछिल्लो मत परिणाम अनुसार नेकपाका नेता शक्ति बस्नेत ‘शक्तिहीन’ देखिएका छन्। प्रतिनिधिसभा सदस्यका उम्मेदवार बस्नेतले नेपाली कांग्रेसका खडक बिसीलाई पछ्याइरहेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार बस्नेतसँग बिसीले मतान्तर बढाउँदै लगेका छन्।
सुरुवातदेखि नै अग्रता लिँदै आएका नेपाली कांग्रेसका खड्कबहादुर बिसीले अग्रता कायमै राख्दा शक्ति बस्नेत पछ्याई रहेका छन्। विसीले एक हजार ८३९ मतसहित अग्रता कायम राखेका छन्।
जाजरकोटका ६ वटा पालिकाको पुरै र छेडागाड नगरपालिकाको आधा मत गणना हुँदा बिसीले १३ हजार ७१४ मत ल्याएर अग्रता कायम राख्दा शक्तिबहादुर बस्नेतले ११ हजार ८७५ मतसहित पछ्याइरहेका छन्।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका डम्बरबहादुर सिंहले १० हजार ८८५ र रास्वपाले एक हजार २२७ मत ल्याएका छन्।












