Kathmandu Press

सर्लाही–४ मा रास्वपाका अमरेश सिंहको अग्रता कायमै, गगन पछ्याउँदै

बिहान ७ बजेसम्मको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहले अग्रता कायमै राखेका छन्। हालसम्मको मतगणनामा रास्वपाका सिंहले ११ हजार ३८३ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन्।
सर्लाही–४ मा रास्वपाका अमरेश सिंहको अग्रता कायमै, गगन पछ्याउँदै

सर्लाही, फागुन २३ : सर्लाही ९ प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक भएको छ।

बिहान ७ बजेसम्मको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहले अग्रता कायमै राखेका छन्। हालसम्मको मतगणनामा रास्वपाका सिंहले ११ हजार ३८३ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन्।

Hardik ivf

दोस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा रहेका छन्। उनले ६ हजार ९५२ मत प्राप्त गरेका छन्। 

त्यसैगरी, नेकपा एमालेका उम्मेदवारले १ हजार ९६७ मत प्राप्त गरेका छन् भने जनमत पार्टीका उम्मेदवारले ८४० मत ल्याएका छन्। नेकपा (तारा चुनाव चिह्न) ले ४८९ मत प्राप्त गर्दा जसपा नेपालले ३६ मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले २० मत प्राप्त गरेको छ। 

यसैबीच, मतगणनामा १ हजार ८७ मत बदर भएको जनाइएको छ। मतगणना कार्य जारी रहेको छ।

प्रकाशित मिति: ०८:४७ बजे, शनिबार, फागुन २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्