Kathmandu Press

धनुषा ३ मा रास्पाका मनिष झा भारी मतान्तरले विजय

मनिष झाले ४३,९८८ मत ल्याउँदा निकट प्रतिद्वन्द्वी कांग्रेसका बिमलेन्द्र निधिले १६,६५२ मत प्राप्त गरे।
धनुषा ३ मा रास्पाका मनिष झा भारी मतान्तरले विजय

धनुषा, फागुन २३ : प्रतिनिधिसभा अन्तर्गत बिहीबार भएको निर्वाचनको नतिजाहरू आउने क्रम जारी रहेको छ।

यसै क्रममा धनुषाको हटस्पटको रूपमा रहेको क्षेत्र नं.३ को मतगणना सम्पन्न भएको छ। धनुषा ३ मा रास्वपाको मनिष झाले बाजी मारेका छन्। उनले ४३,९८८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

Hardik ivf

उनको निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बिमलेन्द्र निधिलाई फराकिलो मतले टक्कर दिएर झा विजय भएका हुन्। कांग्रेसले दोस्रो स्थानमा रहेर जम्मा १६,६५२ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा नेकपा एमालेकी जुली महतोले जम्मा ९७८६ मत प्राप्त गरेकी छन्।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीसहित अन्य पार्टी र स्वतन्त्र उम्मेदवारहरूले यस क्षेत्रमा १००० मत पनि कटाउन सकेका छैनन्। यहाँ नेपाली कम्युनिष्ट पार्टीका राम ललित मण्डलले जम्मा ७०९ मत प्राप्त गरेका छन्। 

जनता समाजवादी पार्टी नेपालका परमेश्वर साहले जम्मा ५०० मत प्राप्त गरेका छन्। त्यस्तै, जनमत पार्टीका उम्मेदवार गोपाल प्रसाद साहले जम्मा ३८१ मत प्राप्त गरेका छन्।

यहाँ श्रम संस्कृति पार्टीका उम्मेदवार सदाम हुसैनले जम्मा २११ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हुसैन कवारीले जम्मा १९९ मत प्राप्त गरेका छन्।

धनुषा ३ मा जम्मा मतदाताको सङ्ख्या १२५९२७ रहेकोमा जम्मा खसेको मत सङ्ख्या ७१,१०९ रहेको छ। यहाँ कुल बदर मत ४,७३२ रहेको छ भने कुल सदर मत ७४, ३७७ रहेको छ।

प्रकाशित मिति: ०९:४५ बजे, शनिबार, फागुन २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्