Kathmandu Press

दैलेख १ मा नेपाली कांग्रेसकी बासना थापा निर्वाचित

उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका रवीन्द्रराज शर्मालाई ५७६ मतान्तरले पछि पार्दै विजयी भएकी हुन्।
दैलेख १ मा नेपाली कांग्रेसकी बासना थापा निर्वाचित

सुर्खेत, फागुन २३ : प्रतिनिधिसभा निर्वाचन दैलेख निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसकी बासना थापा विजयी भएकी छन्। 

उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका रवीन्द्रराज शर्मालाई ५७६ मतान्तरले पछि पार्दै विजयी भएकी हुन्।

१२ हजार ३७२ मत ल्याए थापा विजयी हुँदा एमालेका शर्माले ११ हजार ७९६ मत प्राप्त गरेका छन्। 

रास्वपाका नन्दकिशोर बस्नेतले ८ हजार १५१ मत प्राप्त गरेका छन् भने नेकपाका अम्मरबहादुर थापाले ४ हजार २५६ मत पाएका छन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा नारायण नगरपालिकाको उपप्रमुखमा झिनो मतले पराजित थापाले पहिलो पटकमै प्रतिनिधि सभा निर्वाचनमा जित निकालेकी हुन् ।

प्रकाशित मिति: ०९:४२ बजे, शनिबार, फागुन २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्