काठमाडौं ३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी, कुलमान घिसिङ पराजित
भर्खरै सम्पन्न मत परिणाम अनुसार उनले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई ५ हजार ५८६ मतान्तरले पराजित गरे।
काठमाडौं, फागुन २२ : काठमाडौं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे निर्वाचित भएका छन्।
भर्खरै सम्पन्न मत परिणाम अनुसार उनले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई ५ हजार ५८६ मतान्तरले पराजित गरे।
उनले १८ हजार ७५७ मत ल्याउदा घिसिङले ११ हजार १७१ मत ल्याए।
यस्तै, कांग्रेसका उम्मेदवार रमेश अर्यालले ६ हजार मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार रामेश्वर फुयालले ३८१६ मत ल्याए। नेकपाका उम्मेदवार निरज लामाले ५१८ मत मात्रै ल्याए।
योसँगै रास्वपाले काठमाडौंमा ४ क्षेत्रमा जित निकालेको छ। उसले यसअघि काठमाडौं १, ६ र ८मा जित निकालेको थियो।
प्रकाशित मिति: २१:३७ बजे, शुक्रबार, फागुन २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












