Kathmandu Press

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश

सर्वाेच्चले उनलाई थुनामा राख्ने काम कारबाही नै गैरकानुनी देखिएकाले पक्राउ पुर्जी र हिरासतमा राख्ने अनुमति समेत बदर गरेको छ। 
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश

काठमाडाैं, फागुन २२ : मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वाेच्च अदालतले आदेश दिएकाे छ।

सर्वोच्चका न्यायाधीश महेश शर्मा पौडेलको इजलासले शुक्रबार प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको हाे। सर्वोच्चले उनलाई पटकपटक पक्राउ गरिएको घटना गैरकानुनी बताएको छ।

Hardik ivf

सर्वाेच्चले उनलाई थुनामा राख्ने काम कारबाही नै गैरकानुनी देखिएकाले पक्राउ पुर्जी र हिरासतमा राख्ने अनुमति समेत बदर गरेको छ। 

‘निवेदकलाई अदालतबाट पटक-पटक थुनामुक्त गर्ने गरी बन्दीप्रत्यक्षीकरणको आदेश जारी भएपनि पुनः सोही सार्वजनिक शान्ति विरूद्धको कसूरमा पक्राउ गरिएको कार्य निवेदकलाई थुनामै राख्ने उद्देश्यले अभिप्रेरित रहेको अर्थात प्रवृत्त भावनाको समरूप देखिएको आधारमा चुनालाई गैरकानूनी नै मान्नु पर्ने अवस्था रहेको र निर्वाचन बिथोल्ने आशंका गरी पक्राउ गरिएकोमा सो कार्य पनि सम्पन्न भइसकेकोले निवेदकबाट आसन्न खतराको अवस्था पनि रहेको देखिएन,’ सर्वोच्चले भनेको छ।

प्रसाईंलाई चुनावअघि प्रहरीले नियन्त्रणमा लिएको थियो।
 

प्रकाशित मिति: २०:१५ बजे, शुक्रबार, फागुन २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्