मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी
यसअघि पनि निर्वाचित भएका गुरुङले २४१५ मत ल्याए।
मनाङ, फागुन २२ : मनाङबाट नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन्।
यसअघि पनि निर्वाचित भएका गुरुङले २४१५ मत ल्याए।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपाकी यशोदा सुवेदी गुरुङले ४५४ र नेशनल मंगोल अर्गनाइसेजनका रामबहादुर घलेले ९ मत ल्याएका छन्।
यो नेपाली कांग्रेसको दोस्रो जित हो। यसअघि मुस्ताङमा योगेश गौचन थकाली निर्वाचित भएका थिए।
प्रकाशित मिति: १९:३८ बजे, शुक्रबार, फागुन २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












