Kathmandu Press

ओलीविरुद्ध बालेनले लिए १० हजार बढी मतको अग्रता 

पछिल्लो मत परिणाम अनुसार २०,४४४ मत गन्दा बालेनले एमाले अध्यक्ष केपी ओलीविरुद्ध १०६४३ मतको अग्रता बनाएका हुन्।
ओलीविरुद्ध बालेनले लिए १० हजार बढी मतको अग्रता 

झापा, फागुन २२ : झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले अग्रता फराकिलो बनाउँदै लगेका छन्। 

पछिल्लो मत परिणाम अनुसार २०,४४४ मत गन्दा बालेनले एमाले अध्यक्ष केपी ओलीविरुद्ध १०६४३ मतको अग्रता बनाएका हुन्।

बालेनले १३६५४ मत ल्याउँदा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले ३०११ मत मात्र प्राप्त गरेका छन्। 

यस्तै, श्रम सँस्कृति पार्टीका समीर तामाङले १५१७, कांग्रेसकी मन्धरा चिमरियाले ४०३ र नेकपाका रञ्जित तामाङले ३७० मत ल्याएका छन्।

प्रकाशित मिति: १८:५४ बजे, शुक्रबार, फागुन २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्