Kathmandu Press

सर्लाहीका चारै क्षेत्रमा रास्वपाको अग्रता, अमरेससँग गनन हजार मतलेछि

४ बजेसम्मको मतगणना परिणाम अनुसार रास्वपा जिल्लाका चारैवटा क्षेत्रमा अग्रस्थानमा छ।
सर्लाहीका चारै क्षेत्रमा रास्वपाको अग्रता, अमरेससँग गनन हजार मतलेछि

सर्लाही, फागुन २२ : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाहीका विभिन्न निर्वाचन क्षेत्रमा भइरहेको मतगणनाको ताजा परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता कायम राखेका छन् । ४ बजेसम्मको मतगणना परिणाम अनुसार रास्वपा जिल्लाका चारैवटा क्षेत्रमा अग्रस्थानमा छ।

सर्लाही क्षेत्र नम्बर १ को ताजा मतपरिणाम अनुसार रास्वपाले ३४१४ मतसहित स्पष्ट अग्रता बनाएको छ। दोस्रो स्थानमा नेकपा एमाले ९३४ मतसहित रहेको छ भने नेपाली कांग्रेसले ४२१ मत प्राप्त गरेको छ। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ३७७ मतसहित चौथो स्थानमा रहेको छ।

सर्लाही क्षेत्र नं. २ मा ९९२८ मत गणना भइसकेको छ। यहाँ रास्वपाका उम्मेदवार रविन महतो ४४०६ मतसहित अग्रस्थानमा छन्। दोस्रो स्थानमा महेन्द्रराय यादव (तारा) १८६२ मतसहित छन्। 

Hardik ivf

त्यसैगरी राजेन्द्र महतो (जाँतो)ले ५६८, सरोज कुमार (रुख) ले ४६२ र नागेश्वर साह (सूर्य) ले २४४ मत प्राप्त गरेका छन्।

सर्लाही क्षेत्र नं. ३ को ताजा मतगणनाअनुसार रास्वपाका नरेन्द्र साह कलवार २८०४ मतसहित अग्रस्थानमा रहँदा नारायणकाजी श्रेष्ठ (नेकपा) ४४० मतसहित दोस्रो स्थानमा छन्। 

त्यस्तै विनोदकुमार खनाल (नेपाली कांग्रेस) ले ३०८ मत प्राप्त गरेका छन् भने हरी प्रसाद उप्रेती (नेकपा एमाले) १९८ मतसहित पछ्याइरहेका छन्।

सर्लाही क्षेत्र नं. ४ मा पनि रास्वपाका अमरेशकुमार सिंह २८४७ मतसहित अग्रता कायम राखेका छन्। कांग्रेस सभापति गगन थापा १७१४ मतसहित दाेस्राे स्थानमा छन्।

अमनिशकुमार यादव (नेकपा एमाले)ले ४१० मत प्राप्त गरेका छन् भने अन्य उम्मेदवारहरूले २६८ मत प्राप्त गरेका छन्।

सर्लाहीका चारै निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी रहेको छ । ताजा परिणाम अनुसार रास्वपाले अधिकांश क्षेत्रमा उल्लेख्य अग्रता कायम राखेको देखिएको छ।

प्रकाशित मिति: १७:१८ बजे, शुक्रबार, फागुन २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्