Kathmandu Press

रामेछापमा मतगणना सुरु

त्यसपछि सोही कार्यालयको तल्लो तलामा मतगणनास्थल बनाइएको छ। मतगणनास्थल नयाँ बनाउन समय लागेको कारण मतगणना सुरु हुन ढिलो भएको हो।
रामेछापमा मतगणना सुरु

रामेछाप, फागुन २२ : प्रतिनिधि सभा निर्वाचनको मतगणना रामेछापमा ढिलोगरी सुरु भएको छ। बिहानीपख नै मतपेटिका सङ्कलनको काम सकिएको भए पनि मतगणना सुरु हुन भने ढिलो भएको छ।

मतपेटिका सङ्कलन भए पछि बिहान १० बजे सर्वदलीय बैठक राखिएको थियो। बैठकमा मालपोत कार्यालयको माथिल्लो तल्लामा बनाइएको मतगणनास्थल साँघुरो भएको भन्दै राजनीतिक दलका प्रतिनिधिले खुल्ला ठाउँमा मतगणनास्थल बनाउन सुझाव दिएका थिए।

Hardik ivf

त्यसपछि सोही कार्यालयको तल्लो तलामा मतगणनास्थल बनाइएको छ। मतगणनास्थल नयाँ बनाउन समय लागेको कारण मतगणना सुरु हुन ढिलो भएको हो।

नयाँ मतगणनास्थल बनाएसँगै दिउँसो ३ बजेबाट मतगणना सुरु भएको छ। एक निर्वाचन क्षेत्र रहेको रामेछापमा ९० हजार ७ सय १० मत खसेको छ। जिल्लामा कुल १ लाख ७८ हजार ९ सय ५५ मतदाता रहेका छन्।

सुनापति गाउँपालिका–४ बेथानको वडा कार्यालय बुथबाट मतगणना सुरु गरिएको छ। सो बुथमा १४५१ मत खसेको छ।

प्रकाशित मिति: १६:०५ बजे, शुक्रबार, फागुन २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्