बाजुरामा मतगणनाको तयारी हुँदै
ठूलाकोट आधारभूत विद्यालय कोट मतदान केन्द्रको मतपेटिका गाडी मार्फत पुगेसंगै बैठकको तयारी थालिएको हो। सबै मतपेटिका पुगेकोले सर्वदलीय बैठक बसेर मतगणना कार्य प्रारम्भ गरिने मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले जानकारी दिए।
बाजुरा, फागुन २२ : बाजुरामा मतगणनाको लागि सर्वदलीय बैठकको तयारी गरिएको छ। सबै मतदान स्थलका मतपेटिका सदरमुकाम मार्तडीमा पुगेसंगै अहिले ३ बजे सर्वदलीय बैठक बस्न लागेको हो।
ठूलाकोट आधारभूत विद्यालय कोट मतदान केन्द्रको मतपेटिका गाडी मार्फत पुगेसंगै बैठकको तयारी थालिएको हो। सबै मतपेटिका पुगेकोले सर्वदलीय बैठक बसेर मतगणना कार्य प्रारम्भ गरिने मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले जानकारी दिए।
बाजुराका एक सय १८ मतदान केन्द्रकै मतपेटिका मतगणनास्थलमा पुगिसकेका छन्। बैठक मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको कृषि ज्ञान केन्द्र बाजुराको हलमा बस्ने भएको छ । बैठकमा उम्मेदवार र दलका प्रतिनिधी बोलाइएको छ।
बैठकमा मतगणनाको बारेमा निर्णय हुनेछ। बैठक लगत्तै मतगणना कार्य प्रारम्भ हुनेछ। बाजुरामा कुल मतदाताको ४६ हजार २३२ मत खसेको छ।
कांग्रेस, एमालेको किल्ला मानिएको बाजुरालाई अहिले नयाँ अनुहारले चुनौती दिएका छन्।