Kathmandu Press

भक्तपुर–२ मा अग्रता फराकिलो बनाउँदै रास्वपाका राजीव खत्री 

ताजा मत परिणाम अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री ८५२० मतसहित अग्रस्थानमा छन्। नेकपा एमालेका महेश बस्नेतले २८७६ मत प्राप्त गरेका छन्।
भक्तपुर–२ मा अग्रता फराकिलो बनाउँदै रास्वपाका राजीव खत्री 

भक्तपुर, फागुन २२ : भक्तपुर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्रीले अग्रता फराकिलाे बनाउँदै लगेका छन्। 

ताजा मत परिणाम अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री ८५२० मतसहित अग्रस्थानमा छन्। नेकपा एमालेका महेश बस्नेतले २८७६ मत प्राप्त गरेका छन्।

राजीवले बस्नेतकै गाउँ गुन्डुबाट सर्वाधिक २ हजार मत ल्याएका थिए। 

कांग्रसका कबीर रानाले १३४२ मत, मादलका रमेश वैद्यले २६२ मत, हलोका विक्रम थापाले २४१ मत तथा ताराका रामप्रसाद सापकोटाः २२८ मत प्राप्त गरेका छन्।

मतगणना जारी रहेको र अन्तिम नतिजा आउन अझै केही समय लाग्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: १५:५० बजे, शुक्रबार, फागुन २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्