Kathmandu Press

झापा ५ मा ओलीविरुद्ध बालेनलाई ४ हजार बढी मतको अग्रता

पछिल्लो मतपरिणाम अनुसार बालेनले ५२५४ मत ल्याउँदा ओलीले ओलीले १ हजार २४८ मत ल्याएका छन्।
झापा ५ मा ओलीविरुद्ध बालेनलाई ४ हजार बढी मतको अग्रता

झापा, फागुन २२ : झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले अग्रता फराकिलो बनाउँदै लगेका छन्। 

मतगणनाको प्रारम्भमै अगाडि देखिएका उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको मतान्तर बढाउँदै लगेका हुन्।

पछिल्लो मतपरिणाम अनुसार बालेनले ५२५४ मत ल्याउँदा ओलीले ओलीले १ हजार २४८ मत ल्याएका छन्।

यस्तै, श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ ३२५ मतका साथ तेस्रो स्थनामा छन्।

यहाँ नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले १८५ र नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले १२९ मत पाएका छन्।

प्रकाशित मिति: १५:२० बजे, शुक्रबार, फागुन २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्