Kathmandu Press

मोरङ–२ का रास्वपा उम्मेदवारका प्रतिनिधि रेग्मीको हृदयघातका कारण निधन

मतगणना स्थल नजिकै खाना खाने क्रममा उनी ११ः४५ बजे एक्कासी बेहोस भएर ढलेका थिए। उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो। लगत्तै अस्ताललका चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। 
मोरङ–२ का रास्वपा उम्मेदवारका प्रतिनिधि रेग्मीको हृदयघातका कारण निधन
Hardik ivf

मोरङ, फागुन २२ : मोरङ क्षेत्र नं. २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारका प्रतिनिधि दुर्गा रेग्मीको मतगणना स्थलमै हृदयघातका कारण निधन भएको छ। रेग्मी रंगेली–९ का स्थानीय हुन्।

मतगणना स्थल नजिकै खाना खाने क्रममा उनी ११ः४५ बजे एक्कासी बेहोस भएर ढलेका थिए। उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो। लगत्तै अस्ताललका चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। 

उनी मोरङ क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि थिए। मतगणतमा कार्कीले अग्रता लिएका छन्।

प्रकाशित मिति: १४:४३ बजे, शुक्रबार, फागुन २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्