Kathmandu Press

विजयी भएपछि रञ्जुले भनिन्- रियल फाइट अब सुरु हुन्छ

‘यो निर्वाचन विशेष परिस्थितिमा भएको हो। उम्मेदवार र पार्टीले विशेष रणनीति लिएका थियौं। मतदाताले पनि विशेष रुपमा प्रतिक्रिया दिनुभएको स्पष्ट देखियो। ३५–३६ वर्षदेखि बारम्बार मतदाता नेपाली नागरिकलाई धोका दिनेहरुलाई ढोका बन्द गरिदिन्छौं भनेर मतदाताले भनिदिनुभयो। यो हाम्रो लागि निकै सुखद कुरा हो,’ उनले भनिन्।
विजयी भएपछि रञ्जुले भनिन्- रियल फाइट अब सुरु हुन्छ

काठमाडौं,  फागुन २२ : काठमाडौं क्षेत्र नम्बर १ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रञ्जु न्यौपाने विजयी भएकी छन्।

विजय सुनिश्चित भएपछि उनले पत्रकार सम्मेलन गर्दै मतदातालाई धन्यवाद ज्ञापन गरेकी छन्। 

Hardik ivf

‘यो निर्वाचन विशेष परिस्थितिमा भएको हो। उम्मेदवार र पार्टीले विशेष रणनीति लिएका थियौं। मतदाताले पनि विशेष रुपमा प्रतिक्रिया दिनुभएको स्पष्ट देखियो। ३५–३६ वर्षदेखि बारम्बार मतदाता नेपाली नागरिकलाई धोका दिनेहरुलाई ढोका बन्द गरिदिन्छौं भनेर मतदाताले भनिदिनुभयो। यो हाम्रो लागि निकै सुखद कुरा हो,’ उनले भनिन्।

न्यौपानेले महत्वपूर्ण जित हासिल भएकाले अब काम गरेर देखाउनैपर्ने बताइन्। उनले रियल फाइट अब सुरु हुने भन्दै विवेकशील राजनीतिको जीत भएको बताइन्।

‘यो जित हाम्रा लागि चुनौतीपूर्ण पनि छ । यस्तो महत्वपूर्ण जित हासिल भएकाले अब काम गरेर देखाउनैपर्छ । रियल फाइट त अब सुरु हुँदैछ । काठमाडौं–१ का हरेक मतदातालाई कृतज्ञता व्यक्त गर्न चाहन्छु । यो विवेकशील राजनीतिको पनि जीत हो,’ उनले भने।

प्रकाशित मिति: १४:२७ बजे, शुक्रबार, फागुन २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्