Kathmandu Press

कालिकोटमा नेकपाको अग्रता

दुई पालिका पुरै र नरहरीनाथ गाउँपालिकाको चार वडाको मत गणना गर्दा नेकपाका उम्मेदवार शाहीले अग्रता लिएका छन्। शाहीले तीन हजार ३९ ले अग्रता लिएका छन् ।
कालिकोटमा नेकपाको अग्रता

सुर्खेत, फागुन २२ : कालिकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले अग्रता लिएका छन्।

दुई पालिका पुरै र नरहरीनाथ गाउँपालिकाको चार वडाको मत गणना गर्दा नेकपाका उम्मेदवार शाहीले अग्रता लिएका छन्। शाहीले तीन हजार ३९ ले अग्रता लिएका छन् ।

उनलाई नेकपा एमालेका नगेन्द्र शाहीले पछ्याएका छन्। उनले दुई हजार एक सय ६५ मत पाएका छन्। 

एक हजार नौ सय ९६ मतसहित नेपाली काँग्रेसका हर्षबहादुर वम तेस्रो स्थानमा रहेका छन्। नेकपा माओवादीका प्रवक्ता प्रकाण्ड चौथो स्थानमा रहेका छन्।

प्रकाशित मिति: १०:१९ बजे, शुक्रबार, फागुन २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्