Kathmandu Press

वर्षाको स्पष्टिकरण, ‘मेरो अभिव्यक्तिकाे गलत अर्थ लागेकोमा क्षमा प्रार्थी छु’

काठमाडौं, जेठ ११ : नायिका वर्षा राउतले आफ्नो अभिव्यक्तिकाे गलत अर्थ लागेको क्षमा मागेकी छन्।

उनले प्रत्यक्ष प्रसारण कार्यक्रममा बोलेको एउटा ....

वर्षाको स्पष्टिकरण, ‘मेरो अभिव्यक्तिकाे गलत अर्थ लागेकोमा क्षमा प्रार्थी छु’

काठमाडौं, जेठ ११ : नायिका वर्षा राउतले आफ्नो अभिव्यक्तिकाे गलत अर्थ लागेको क्षमा मागेकी छन्।

उनले प्रत्यक्ष प्रसारण कार्यक्रममा बोलेको एउटा भिडियो क्लिप भाइरल बनेको छ। जसमा उनले भनेकी छिन्, ‘देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो, तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन। यो त टेबल टक गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो। यहाँ त दुवैतर्फका पत्रकारहरु मिलेर झगडा पारिरहेका छन्।’

Hardik ivf

उनले आफ्ना भारतीय साथीहरुसँग बोल्न पनि अप्ठ्यारो भइरहेको जिकिर गरेकी थिइन्।

यसलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएपछि उनले क्षमा मागेकी हुन्। उनले भनेकी छन्, ‘यस्तो संवेदनशील समयमा भड्काउ तत्वहरूले आक्रमण गर्न सक्छन्। दुई देशको अन्तरदेशीय सम्बन्ध बिगार्न सक्छन्, जुन कुरा भारतीय मिडियाले उचालेका केही शब्दहरूबाट देखिन थालेको छ। यस्तै असभ्य र असत्य पत्रकारिता हाम्रो मिडियाले पनि नगरोस् मैले यही भन्न खोजेकी हुँ।’

यहि अभिव्यक्तिमा अनर्थ लागेकोमा उनले दुःख जनाएकी छन्। ‘मैले प्रत्यक्ष प्रसारण भइरहेको कायृक्रममा बोलेका केही शब्दमा हेक्का नभएकाले केही गल्ती बोलेँ होला, जसको सन्दर्भ टेढिएर गलत अर्थ लागे होलान्। इस्तो परिस्थिति खडा भएकोमा म क्षमा प्रार्थी छु।’

 

 

प्रकाशित मिति: १४:१८ बजे, आइतबार, जेठ ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्