Kathmandu Press

रामेछापका सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण मतदान जारी

जिल्लाका ९६ मतदानस्थलका २३० मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिए।
रामेछापका सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण मतदान जारी

रामेछाप, फागुन २१ : रामेछाप जिल्लाका सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ।

जिल्लाका ९६ मतदानस्थलका २३० मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिए।

Hardik ivf

जिल्लाका सबै मतदान केन्द्रमा बिहान ७ बजेपछि मतदान सुरु भएको थियो।

जिल्लामा बहिन ११ बजेसम्म करिब १३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेले जानकारी दिए। रामेछाप जिल्लामा कुल १ लाख ८७ हजार ९५२ मतदाता रहेका छन्।

जिल्लमा मतदानस्थलमा मतदाताहरूको उपस्थिति भने निक्कै न्यून देखिएको छ। अधिकांश मतदान केन्द्रहरूमा मतदान गर्न फाट्ट फुट्ट मात्र मतदाता पुगेका छन्।

प्रकाशित मिति: १२:५९ बजे, बिहीबार, फागुन २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्