Kathmandu Press

इपिएलका दुई खेलाडीमा देखियो कोरोना संक्रमण

काठमाडौं, जेठ ११ : इंग्लिस प्रिमियर लिग (इपिएल)का दुई खेलाडीमा कोरोना संक्रमण देखिएको छ। शनिबार गरिएको परीक्षणमा दुई खेलाडीका रिपोर्ट पोजेटिभ आएक....

इपिएलका दुई खेलाडीमा देखियो कोरोना संक्रमण

काठमाडौं, जेठ ११ : इंग्लिस प्रिमियर लिग (इपिएल)का दुई खेलाडीमा कोरोना संक्रमण देखिएको छ। शनिबार गरिएको परीक्षणमा दुई खेलाडीका रिपोर्ट पोजेटिभ आएको हो। 

उनीहरू दुवै फरक क्लबका खेलाडीको भएको बताइएको छ। उनीहरुको नाम भने सर्वाजनिक गरिएको छैन। कोरोना भाइरसको महामारीका कारण रोकिएको लिग सुरु गर्ने तयारी स्वरुप इपिएलका सम्पूर्ण क्लबका खेलाडी र पदाधिकारीको कोरोना परीक्षण गरिँदै छ। 

गत मंगलबार, बिहीबार र शुक्रबार इपिएलका नौ सय ९६ खेलाडी र स्टाफको कोरोना परीक्षण गरिएको थियो। जसमा २ जनाको रिपोर्ट पोजेटिभ आएको हो। कोरोना संक्रमण देखिएका खेलाडीलाई एक साता छुट्टै राखेर उपचार गरिने छ। 

यसअघि पहिलो चरण मे १७ र १८ गते गरिएको सात सय ४८ जनाको परीक्षणमा ६ जना खेलाडीमा कोरोना संक्रमण देखिएको थियो। उनीहरू तीन फरक क्लबका खेलाडी र स्टाफ भएको बताइएको छ। उनीहरुको पनि आइसोलेसनमा राखेर उपचार भइरहेको छ। 

इंग्लिस प्रिमियर लिग जुनमै सुरु गर्ने तयारी स्वरुप खेलाडी तथा स्टाफको कोरोना परीक्षण गरेर क्लबहरूलाई प्रशिक्षणको अनुमति दिइएको छ। लिग सुरु गर्ने मिति भने अझै तय भएको छैन। 

कोरोना कारण रोकिएको जर्मन बुन्डेस लिगा गत साताबाटै सुरु भइसकेको छ भने ला लिगा जुन ८ बाट सुरु हुने तय भइसकेको छ।

प्रकाशित मिति: १२:२७ बजे, आइतबार, जेठ ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्