Kathmandu Press

दक्षिण भारतीय फिल्मका चर्चित कलाकार रश्मिका मन्दना र विजयले गरे विवाह

राजस्थानस्थित उदयपुरमा आयोजित उक्त समारोहमा दुवै परिवारका सदस्य र अत्यन्त निकट साथीभाइहरूको मात्र उपस्थिति रहेको बताइएको छ। विवाह समारोहमा तेलुगु र कोदावा परम्पराअनुसारका धार्मिक विधिहरू समावेश गरिएको बताइएको छ।
दक्षिण भारतीय फिल्मका चर्चित कलाकार रश्मिका मन्दना र विजयले गरे विवाह

काठमाडौं, फागुन १४ : दक्षिण भारतीय फिल्मका चर्चित कलाकार अभिनेत्री रश्मिका मन्दना र अभिनेता विजय देवरकोन्डा वैवाहिक जीवनमा बाँधिएका छन्। उनीहरूले बिहीबार भारतको उदयपुरमा विवाह गरेका हुन्।

राजस्थानस्थित उदयपुरमा आयोजित उक्त समारोहमा दुवै परिवारका सदस्य र अत्यन्त निकट साथीभाइहरूको मात्र उपस्थिति रहेको बताइएको छ। विवाह समारोहमा तेलुगु र कोदावा परम्पराअनुसारका धार्मिक विधिहरू समावेश गरिएको बताइएको छ।

उनीहरूको विवाहका अधिकारिक तस्बिरहरु भने सार्वजनिक भइसकेको छैन। रश्मिका र विजयले आफ्नो वैवाहिक समारोहलाई ‘विरोश’ नाम दिएका छन्, जुन उनीहरूका नामको संयोजनबाट बनेको हो। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुई कलाकारको विवाहको चर्चा चलिरहेका बेला उनीहरूले केही दिनअघि सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गर्दै विवाहबारे जानकारी दिएका थिए।

रश्मिका र विजयले सन् २०१८ मा प्रदर्शनमा आएको फिल्म ‘गीता गोविन्दम’ र सन् २०१९ मा ‘डियर कमरेड’ मा संगै अभिनय गरेका थिए। ती फिल्ममा उनीहरूको अभिनय र केमेस्ट्रि दर्शकहरूले अन्त्यन्त रूचाएका थिए।

प्रकाशित मिति: १७:२० बजे, बिहीबार, फागुन १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्