Kathmandu Press

निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन आयोगको आग्रह

मतदानको मितिभन्दा सात दिनअघिदेखि अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्री–वितरण तथा सेवनमा रोक लगाउन पनि आयोगले आग्रह गरेको छ।
निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन आयोगको आग्रह

काठमाडौं, फागुन १४ : निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि प्रभावकारी रूपमा लागू गराउन गृह मन्त्रालयलाई निर्देशन दिन अनुरोध गरेको छ।

आयोगले प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायलाई आचारसंहिता उल्लङ्घन भए तत्काल कानुनी कारबाही गर्न र जानकारी गराउन भनेको छ। मतदानको मितिभन्दा सात दिनअघिदेखि अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्री–वितरण तथा सेवनमा रोक लगाउन पनि आयोगले आग्रह गरेको छ।

Hardik ivf

मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारी सञ्चालनमा रोक लगाइने जनाइएको छ। हवाई उडान भने यथावत् रहने र टिकट भएका यात्रुलाई एयरलाइन्स वा निजी सवारी प्रयोग गर्न दिने व्यवस्था मिलाइने आयोगले स्पष्ट पारेको छ।

साथै, मतदाताले मतदान केन्द्रमा जाँदा मतदाता परिचयपत्र वा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक कागजात अनिवार्य रूपमा साथमा लैजानुपर्ने जनाएको छ। 

मतदानको दिन प्रयोग हुने सवारी पास वितरणका लागि आयोगको सचिवालय परिसरमा विशेष इकाइ स्थापना गरिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: १३:०० बजे, बिहीबार, फागुन १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्