'दे दे प्यार दे'का निर्देशक एक्सन फिल्म बनाउँदै
काठमाडौं, जेठ ११ : बलिउडको हिट फिल्म 'दे दे प्यार दे'का निर्देशक अकिभ अली अब एक्सन फिल्म बनाउने भएका छन्।
राकुल प्रित सिंह, अजय देवग....

काठमाडौं, जेठ ११ : बलिउडको हिट फिल्म 'दे दे प्यार दे'का निर्देशक अकिभ अली अब एक्सन फिल्म बनाउने भएका छन्।
राकुल प्रित सिंह, अजय देवगन, तब्बुको अभिनन रहेको 'दे दे प्यार दे' फिल्मबाटै अलीले निर्देशन सुरु गरेका थिए। पहिलो फिल्मले नै उनलाई निर्देशकका रुपमा चर्चित बनाएको हो।
अब एक्सन फिल्म बनाउन लागेको उनले पीटीआईसँगको अन्तर्वार्तामा बनाएका छन्। निर्माता लव रंजनसँग मिलेर फिल्म बनाउन लागेको उनले खुलाएका छन्।
उनले 'दे दे प्यार दे'को सिक्वेल आउने बताएका छन्। लव रंजनले यसको कथा लेखिरहेको उनले बताएका छन्।
यसका पूरानै कलाकार दोहोरिने वा नयाँ अनुहार हुने केही खुलाएका छैनन्।
प्रकाशित मिति: ११:२५ बजे, आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1783580717.jpeg)
