Kathmandu Press

करण केसी र वर्षा बस्नेत वैवाहिक बन्धनमा

परिवारका सदस्य र निकट आफन्तहरूको उपस्थितिमा सम्पन्न विवाह समारोह चार दिनअघि नै भएको बताइएको छ।
करण केसी र वर्षा बस्नेत वैवाहिक बन्धनमा

काठमाडौं, फागुन १२ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख बलर करण केसी वैवाहिक बन्धनमा बाँधिएका छन्। केसीले युटुबर तथा पत्रकार वर्षा बस्नेत सँग विवाह गरेका हुन्। 

परिवारका सदस्य र निकट आफन्तहरूको उपस्थितिमा सम्पन्न विवाह समारोह चार दिनअघि नै भएको बताइएको छ।

तर दुवैले सामाजिक सञ्जालमार्फत आज मात्र विवाहका तस्बिर सार्वजनिक गरेका हुन्। 

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका केसी र बस्नेतको सम्बन्धबारे क्रिकेट तथा सञ्चार क्षेत्रका साथीहरूबीच चर्चा रहँदै आएको थियो।

प्रकाशित मिति: १२:२४ बजे, मंगलबार, फागुन १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्