Kathmandu Press

एनआरएनए अस्ट्रेलियाको योगदानलाई अस्ट्रेलियाको संसदले गर्यो सम्मान

‘यसरी अष्ट्रेलियाको संसदले एनआरएनए अष्ट्रेलिया र नेपालीको सम्मान गर्नु र संसदमा लिपिवद्ध गर्नु गर्भको कुरा हो । यसले हामीलाई काम गर्नको लागि अझै बढी हौषला मिलेको छ ।’ संसद्ले गरेको सम्मानप्रति खुसी हुँदै पोखरेलले बताए ।
एनआरएनए अस्ट्रेलियाको योगदानलाई अस्ट्रेलियाको संसदले गर्यो सम्मान

काठमाडौं, फागुन ११ : अष्ट्रेलियाको संसदले नेपाली समूदायको योगदानको कदर गर्दै सम्मान गरेको छ । अस्ट्रेलियाको न्यु साउथ वेल्सको संसदले गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको योगदानलाई उच्च मूल्यांकन गर्दै औपचारिक रूपमा ‘कम्युनिटी रिकग्निसन स्टेटमेन्ट’ प्रदान गर्दै सम्मान गरेको हो । 

सांसद मार्क क्यूरले संसदमा दिएको वक्तव्यमा संस्थाको कामको प्रशंसा गर्दै एनआरएनए अष्ट्रेलियाका  निवर्तमान अध्यक्ष अनिल पोखरेललाई धन्यवाद व्यक्त गरेका छन् । क्यूरले पोखरेलले न्यू साउथ वेल्ससहित अस्ट्रेलियाभर नेपाली समुदायको सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् । 

Hardik ivf

‘यसरी अष्ट्रेलियाको संसदले एनआरएनए अष्ट्रेलिया र नेपालीको सम्मान गर्नु र संसदमा लिपिवद्ध गर्नु गर्भको कुरा हो । यसले हामीलाई काम गर्नको लागि अझै बढी हौषला मिलेको छ ।’ संसद्ले गरेको सम्मानप्रति खुसी हुँदै पोखरेलले बताए ।

नवनियुक्त अध्यक्ष सन्तोष कुँवरलाई स्वागत गर्दै आगामी दिनमा सहकार्यको अपेक्षा गरेको सांसद मार्क क्यूरले संसदमार्फत बताएका छन् । उक्त वक्तव्यमा सांसद क्युरले एनआरएनए अस्ट्रेलियाले न्यू साउथ वेल्ससहित समग्र अस्ट्रेलियामा नेपाली समुदायको उत्थान, एकता र पहिचान मजबुत बनाउन खेलेको भूमिकाको सराहना गरेका हुन्। उनले सेंट जर्ज क्षेत्र अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको प्रमुख केन्द्रमध्ये एक भएको उल्लेख गर्दै एनआरएनएको सक्रियताले समुदायलाई सशक्त बनाएको बताए।

संसदमा प्रस्तुत वक्तव्य अनुसार एनआरएनए अस्ट्रेलियाले पछिल्ला दुई वर्षमा विभिन्न उल्लेखनीय उपलब्धि हासिल गरेको छ। संस्थाले विभिन्न राज्य तथा क्षेत्रहरूमा नौ वटा ‘नेपाल फेस्टिभल’ आयोजना गरी एक लाखभन्दा बढी सहभागी जुटाएको, सामाजिक कल्याण कोषमार्फत ७२ हजार डलरभन्दा बढी रकम वितरण गरेको तथा तीन हजारभन्दा बढी नेपालीलाई कन्सुलर सेवा उपलब्ध गराएको उल्लेख गरिएको छ। 

त्यसैगरी, नेपाली समुदायलाई लक्षित गर्दै आपतकालीन सहयोग तथा सामाजिक सेवा प्रदान गर्न संस्थाले आफ्नै कार्यालय स्थापना गरेको र उक्त कार्यालय समुदायका लागि भेटघाट तथा कार्यक्रम सञ्चालनको केन्द्रका रूपमा समेत प्रयोग भइरहेको बताइएको छ।

प्रकाशित मिति: ०६:४८ बजे, सोमबार, फागुन ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्