Kathmandu Press

स्पेनिस ला लिगा सञ्चालनका लागि अनुमति

काठमाडौं, जेठ ११ : कोरोना भाइरस (कोभिड १९) को महामारीले रोकिएको स्पेनिस ला लिगाका खेलहरु आउँदो जुन ८ पछि सञ्चालन हुने भएका छन् ।

स्पेनिस प्र....

स्पेनिस ला लिगा सञ्चालनका लागि अनुमति

काठमाडौं, जेठ ११ : कोरोना भाइरस (कोभिड १९) को महामारीले रोकिएको स्पेनिस ला लिगाका खेलहरु आउँदो जुन ८ पछि सञ्चालन हुने भएका छन् ।

स्पेनिस प्रधानमन्त्री पेद्रो सान्चेजले लिगका खेलहरु बन्द रंगशालामा आउँदो जुन ८ देखि सुरु गर्न अनुमती दिएका हुन् । ला लिगाका अध्यक्ष जाविएर तेबासले जुन १२ देखि शीर्ष लिगका खेलहरु सुरु हुने अपेक्षा रहेको बताएका छन् ।

कोरोनाको महामारीपछि गत मार्चबाट रोकिएका खेलहरू सुरू हुने संकेत देखिएसँगै ला लिगामा आवद्ध क्लबका खेलाडीहरू केही दिनदेखि प्रशिक्षण गरिरहेका छन् ।

प्रकाशित मिति: ०८:१३ बजे, आइतबार, जेठ ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्