पूर्वराजालाई विमानस्थलमा समर्थकको स्वागत
प्रशासनले विमानस्थल परिसरभित्र निषेधाज्ञा लागाएकाले समर्थकहरुले विमानस्थलबाहिरै राजालाई स्वागत गरेका हुन्।
काठमाडौं, फागुन १ : हेलिकप्टरमा झापाबाट काठमाडौं आए पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन विमानस्थलबाहिर समर्थकले स्वागत गरेका छन्।
प्रशासनले विमानस्थल परिसरभित्र निषेधाज्ञा लागाएकाले समर्थकहरुले विमानस्थलबाहिरै राजालाई स्वागत गरेका हुन्। समर्थकले नाराबाजीसहित स्वागत गर्दा पूर्वराजााले हात हल्लाउँदै धन्यवाद दिएका थिए।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईं भने विमानस्थल भित्रै पुगेर पूर्वराजालाई स्वागत गरेका थिए।
विमानस्थलमा उनको समर्थनमा बाक्लो संख्यामा समर्थकहरूको उपस्थिति छ। समर्थकहरूले उनलाई र्यालीसहित निर्मल निवास पुर्याउने तयारी गरेका छन्।
प्रकाशित मिति: १३:४० बजे, शुक्रबार, फागुन १, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












