Kathmandu Press

चुनावबाट कुनै प्रकारले पछाडि फर्कन मिल्दैन स् गगन थापा

‘मलाई तपाईंहरूले विश्वास गरेर बोलाउनुभयो । यहाँको माहोल देख्दा कांग्रेसले जित्नेछ भन्ने आशा लिएको छु। जिताएर पठाउनु हुन अनुरोध छ,’ उनले भने।
चुनावबाट कुनै प्रकारले पछाडि फर्कन मिल्दैन स् गगन थापा

सिराहा, माघ २७ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जेनजी विद्रोहले अहिलेको चुनाव सम्भव भएको बताएका छन्।

सिराहाको धनगढीमाइ नगरपालिकाको बुद्धनगरमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले मधेसमा कांग्रेसले चुनाव जित्ने यहाँको माहोलले बताइसकेको जिकिर गरे।

Hardik ivf

‘मलाई तपाईंहरूले विश्वास गरेर बोलाउनुभयो । यहाँको माहोल देख्दा कांग्रेसले जित्नेछ भन्ने आशा लिएको छु। जिताएर पठाउनु हुन अनुरोध छ,’ उनले भने।

थापाले आफूहरूले चाहेको चुनाव दुई वर्षपछि भएपनि अब चुनावबाट कुनै प्रकारले पछाडि फर्कन नमिल्ने बताउँदै चुनावका लागि कांग्रेस तयारी अवस्थामा बसेको बताए।

‘हामीले त चुनाव २ वर्षपछि आउला भन्ने सोचेका थियौँ तर जेनजीहरूले विद्रोह गरिदिनुभयो र सुशासन खोज्न थाल्नुभयो’, उनले भने, ‘यसले गर्दा चुनाव चाँडै आयो। त्यसमा कांग्रेसले चुनावको स्वागत गरेको छ। नयाँ नेतृत्व छान्न तयार छ। भोट तपाईंहरूकै हातमा छ। जिताउनु हुन्छ भन्ने आशा लिएको छु।’

सभापति थापाले आज मधेसको सप्तरीको हनुमान नगर, रुपनी, कदमचोक तथा सिराहाको लहान, जिरो माइल र गोलबजारमा सम्बोधन गरेका थिए । यसअघि थापाले सुनसरी निर्वाचन क्षेत्र नम्बर २ झुम्कामा मंगलबार नेताकार्यकर्तालाई सम्बोधन गरेका थिए।

प्रकाशित मिति: २२:१८ बजे, मंगलबार, माघ २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्