Kathmandu Press

जेनजी आन्दोलनका घाइतेको माग सम्बोधन गर्न सांसद राईको सरकारसँग आग्रह

‘जेनजी आन्दोलन पछाडि जेनजीहरुको माग पुरा गर्छौं भनेर बनेको सरकारले जेनजीहरुकै मागहरुलाई बेवास्ता गरिरहेको कुरा विर्सन लायक छ म सरकारलाई प्रश्न गर्न चाहन्छु,’ उनले भने।
जेनजी आन्दोलनका घाइतेको माग सम्बोधन गर्न सांसद राईको सरकारसँग आग्रह

काठमाडौं, असाेज ५ : श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले जेनजी आन्दोलनपछि उनीहरूका माग पूरा गर्ने प्रतिबद्धतासहित बनेको सरकारले नै जेनजीका मागलाई बेवास्ता गरिरहेको आरोप लगाए।

‘जेनजी आन्दोलन पछाडि जेनजीहरुको माग पुरा गर्छौं भनेर बनेको सरकारले जेनजीहरुकै मागहरुलाई बेवास्ता गरिरहेको कुरा विर्सन लायक छ म सरकारलाई प्रश्न गर्न चाहन्छु,’ उनले भने।

उनले छातीमा गोली लागेर घाइते भएका विवेक दनुवार अहिले झापाको बिर्तामोडमा विभिन्न माग राख्दै अनशनमा बसेको बताए।

राईले अनशनरत घाइतेहरूलाई निःशुल्क र गुणस्तरीय उपचारको व्यवस्था गर्नुपर्ने, हालसम्मको उपचारमा लागेको सम्पूर्ण खर्च राज्यले व्यहोर्नुपर्ने तथा घाइतेका लागि उचित क्षतिपूर्ति र जीवनयापनको व्यवस्था गर्नुपर्ने बताए।

त्यस्तै, घाइते तथा उनीहरूका परिवार र सहिद परिवारका लागि निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने, सार्वजनिक यातायातमा घाइतेहरूलाई विशेष छुट दिनुपर्ने तथा घाइते र सहिद परिवारको माग सम्बोधन गर्न विशेष कानुन निर्माण गर्नुपर्ने बताए।

‘घाइतेहरूलाई निःशुल्क गुणस्तरीय उपचारको व्यवस्था गरियोस्। हालसम्मको उपचारमा लागेको सम्पूर्ण खर्च राज्यले बेहोर्नुका साथै घाइतेहरूका लागि उचित क्षतिपूर्ति तथा जीवनयापनको व्यवस्था गरियोस् । घाइते र घाइतेका परिवार तथा सहिद परिवारका लागि निःशुल्क शिक्षा प्रदान गरियोस्। सार्वजनिक यातायातमा घाइतेहरूका लागि विशेष छुटको व्यवस्था गरियोस् । घाइते तथा सहिद परिवारलाई सम्बोधन गर्न विशेष कानुन निर्माण गरियोस्।,’

उनले सरकारले जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारका मागलाई गम्भीरतापूर्वक लिएर तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १६:४३ बजे, सोमबार, असोज ५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्