Kathmandu Press

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गरिने : शिक्षामन्त्री पोखरेल

मन्त्री पोखरेलले खेलाडी कल्याणकारी कोष सञ्चालनसम्बन्धी मापदण्डको मस्यौदा पनि राष्ट्रिय खेलकुद परिषद्ले तयार गरिसकेको बताए। उनले उक्त मापदण्ड स्वीकृत गरी राईलाई यथासम्भव थप आर्थिक सहयोग उपलब्ध गराउने प्रक्रिया प्रारम्भ भइसकेको जानकारी दिए ।
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गरिने : शिक्षामन्त्री पोखरेल

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान गर्दै सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गर्दै लगिने बताएका छन्। 

सोमबार प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले सरकारले उच्च शिक्षा, प्राविधिक शिक्षा र आधारभूत शिक्षालाई प्राथमिकतामा राखेर विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गरिरहेको बताए।

उनले प्राविधिक शिक्षामा अभिभावक र विद्यार्थीको चासो न्यून देखिँदा कतिपय प्राविधिक शिक्षालयमा विद्यार्थी भर्ना न्यून भएको बताए।

‘नेपाल सरकारले उच्च शिक्षा, प्राविधिक शिक्षा र आधारभूत शिक्षामा विशेष जोड दिइ विभिन्न योजना र कार्यक्रमहरु सञ्चालन गरिरहेको छ। तथापी प्राविधिक शिक्षामा अभिभावक र विद्यार्थीको चासो न्युन देखिएकोले प्रविधिक शिक्षालयहरुमा विद्यार्थी भर्ना न्यून भएको अवस्था पनि कतिपय ठाउँमा छ। यस क्षेत्रमा विभिन्न समस्याहरुको समधान गर्दै प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानूनी प्रवन्ध गर्दै लगिनेछ,’ उनले भने।

त्यस्तै, मन्त्री पोखरेलले चीन र नेपालबीचको मैत्रीपूर्ण खेलका क्रममा घाइते भएका खेलाडी आशिष राईलाई उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिए।

उनका अनुसार २०२५ फेब्रुअरी १५ मा चीन र नेपालबीच मैत्रीपूर्ण खेल भइरहेको अवस्थामा घाइते भई थाइल्याण्डमा उपचाररत रहेका राईलाई राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिको २०८३ साउन १४ गतेको बैठकबाट चालु आर्थिक वर्षको स्वीकृत बजेटको परिधिभित्र रही उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको हो । 

मन्त्री पोखरेलले खेलाडी कल्याणकारी कोष सञ्चालनसम्बन्धी मापदण्डको मस्यौदा पनि राष्ट्रिय खेलकुद परिषद्ले तयार गरिसकेको बताए। उनले उक्त मापदण्ड स्वीकृत गरी राईलाई यथासम्भव थप आर्थिक सहयोग उपलब्ध गराउने प्रक्रिया प्रारम्भ भइसकेको जानकारी दिए ।

उनले भने, ‘सन २०२५ फेब्रवरी १५ मा चीन र नेपालबीच मैत्रीपूर्ण खेलभइरहेको अवस्थामा घाइते भई थाइल्याण्डमा उपचारत रहेका आशिस राईलाई राष्ट्रिय खेलकुद परिषदको कार्यकारी समितिको २०८३ साउन १४ गतेको बैठकबाट चालु आर्थिक वर्षको स्विकृत बजेटको परिधिभित्र रहि उपचारको लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको छ । साथै खेलाडी कल्याणकारी कोष सञ्चालन सम्बन्धी मापदण्डको मस्यौदा राष्ट्रिय खेलकुद परिषदद्धारा तयार गरिएको र सो मापदण्ड स्विकृत गरि यथासम्भव थप आर्थिक सहयोग उपलव्ध गराउने प्रकृया प्रारम्भ भइसकेको जानकारी गराउन चाहान्छु।’

प्रकाशित मिति: १६:५८ बजे, सोमबार, असोज ५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्