Kathmandu Press

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज सम्पन्न

चालु आर्थिक वर्ष २०८२/८३ मा कुल सात हजार ७१० छात्र/छात्रा सहभागी भएका मध्य सिनियर डिभिजनमा एक हजार ८० र जुनियरतर्फ ६ हजार ६३० जना दीक्षित भएको ष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी दिनेश चौलागाईँले जानकारी दिए । 
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज सम्पन्न

नवलपरासी, माघ २१ : राष्ट्रिय सेवा दल तालिम अन्तर्गत सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहबाट क्याडेट छात्रछात्राहरू दीक्षित भएका छन् । 

चालु आर्थिक वर्ष २०८२/८३ मा कुल सात हजार ७१० छात्र/छात्रा सहभागी भएका मध्य सिनियर डिभिजनमा एक हजार ८० र जुनियरतर्फ ६ हजार ६३० जना दीक्षित भएको राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी दिनेश चौलागाईँले जानकारी दिए । 

Hardik ivf

चार शिक्षालयमा ७७ जिल्लाका छात्र/छात्रा सहभागी हुने एनसीसी तालिममा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१ हात्तिखोरमा रहेको राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयमा ५३० छात्र/छात्रा दीक्षित भएका छन् । 

कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले आनुशासित भएर समाज र राष्ट्रको सेवामा लाग्न युवालाई आग्रह गरिन् ।

“युवालाई विशेषरूपमा आग्रह र अनुरोध गर्न चाहन्छु की अनुशासनलाई जीवन शैली बनाउनु होस, कर्तव्य पालना र मर्यादालाई जीवन, पढाइ तथा दैनिक सेवामा निरन्तर अभ्यास गरिदिनुहोस, राष्ट्र प्रेमलाई कर्ममा उतार्नुहोस”, प्रधानमन्त्री कार्कीले भनिन्, “व्यवहारमै इमान्दार, कर्तव्य निष्ठ र जिम्मेवार नागरिकको रूपमा आफूलाई प्रस्तुत गर्नुहोस । राष्ट्रिय एकता सामाजिक सद्भाव मजबुत बनाउनुहोस । विविध भाषा संस्कृति, जात जातिसहितको विविधतालाई सम्मान गर्दै म नेपाली हुँ भन्ने भावनालाई आत्मसात् गर्नुहोस ।”

एनसीसी तालिमले युवामा राष्ट्र सेवा, विपद् व्यवस्थापन, सामाजिक नेतृत्व, टोलीमा काम गर्ने क्षमता तथा नागरिक सरोकारप्रतिको जिम्मेवारी विकास गर्ने उद्देश्य राखेको छ । मध्य तालिम शिक्षालयले प्रत्येक वर्ष विद्यालय तहका सयौँ विद्यार्थीलाई नियमित तालिम प्रदान गर्दै आएको छ । 

दीक्षान्त कवाज समारोहमा प्रधान सेनापति महारथी अशोक राज सिग्देल, राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक, रथीवृन्द तथा अधिकृतहरू, स्थानीय निकायका प्रमुखरप्रतिनिधिहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखरप्रतिनिधिहरू, प्रधानाध्यापक तथा अभिभावकहरू, एनसिसी अल्मुनाई एसोसिएसनका पदाधिकारीहरू, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

युवाहरूलाई अनुशासित, मर्यादित र राष्ट्रप्रति समर्पित देशभक्त नागरिक बनाउने उद्देश्यले सञ्चालन भइरहेका सिनियर तथा जुनियर डिभिजन तालिमहरूबाट हालसम्म ८९,८९४ जना दीक्षित भएका छन् ।

प्रकाशित मिति: ०७:५७ बजे, बुधबार, माघ २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्