एन्फाले सार्वजनिक गर्यो लिगको टेक्निकल रिपोर्ट
काठमाडौं, जेठ ९ : अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन महिनाअघि सकिएको सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको टेक्निकल रिपोर्ट सर्वाजनिक गर....

काठमाडौं, जेठ ९ : अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन महिनाअघि सकिएको सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको टेक्निकल रिपोर्ट सर्वाजनिक गरेको छ।
शुक्रबार आयोजित कार्यक्रममा एन्फाले ए डिभिजन लिगको टेक्निकल रिपोर्ट सर्वाजनिक गरेको हो। लिगको टेक्निकल रिपोर्टको ह्यान्डबुक राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल , एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष उपेन्द्रमान सिंह, लिग संयोजक विज्ञानराज शर्माले सर्वाजनिक गरेका थिए।
कार्यक्रममा सदस्यसचिव सिलावालले लिग पहिलाको तुलनामा राम्रो भएपनि यसलाई अझै परिस्कृति गर्दै लैजानु पर्ने बताएका थिए। यो ह्यान्डबुक प्रशिक्षकका सहयोगी हुने विश्वास व्यक्त गरे।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले ह्यान्डबुक प्रकाशन भएको खुसी व्यक्त गरे। उनले यो दक्षिण एसियाकै पहिलो ह्यान्डबुक भएको बताए।











