Kathmandu Press

मनिषा कोइरालाको पक्षमा उभिए नेपाली कलाकार

काठमाडौं, जेठ ९ : बलिउड अभिनेत्री मनिषा कोइरालाले नेपालको नयाँ नक्साकाे समर्थनमा गरेको ट्वीटकाे विषयलाई लिएर भाारतीय मिडियाले आलोचना गरिरहेका वेला नेप....

मनिषा कोइरालाको पक्षमा उभिए नेपाली कलाकार

काठमाडौं, जेठ ९ : बलिउड अभिनेत्री मनिषा कोइरालाले नेपालको नयाँ नक्साकाे समर्थनमा गरेको ट्वीटकाे विषयलाई लिएर भाारतीय मिडियाले आलोचना गरिरहेका वेला नेपाली कलाकार उनको पक्षमा उभिएका छन्।

आफ्नो देशले गरेको राम्रो कुरामा एक नागरिकको हैसियतले मनिषाले ठिक गरेको भन्दै नेपाली कलाकारहरु उनको समर्थनमा उभिएका हुन्। कलाकार मदनकृष्ण श्रेष्ठले आफू भूगोलको विद्यार्थी भएको भन्दै लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भएको प्रमाण रहेको बताएका छन्।

Hardik ivf

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगाएको नाकाबन्दीको पनि स्मरण गरेका छन्। भारतीय मिडियामा बौद्धिक व्यक्ति नभएकाले आलोचना गरिरहेको उनको भनाइ छ।

अर्का वरिष्ठ कलाकार हरिवंश आचार्यले भारतीय मिडिया गाली गर्न र कराउनका लागि संसारकै उदाहरण भएको भन्दै कटाक्ष गरेका छन्। उनले भनेका छन्, ‘मनिषा कोइरालाले देशको पक्षमा जे बोल्नुभएको छ। उहाँलाई धन्यवाद दिनुपर्छ। उहाँले मोह र डर त्यागेर जुन साहस गर्नुभयो, सबै नेपालीले उहाँलाई धन्यवाद दिनुपर्छ।’

अभिनेत्री ऋचा शर्माले भारतीय मिडियाले नेपालको पूर्ण नक्साप्रति टिप्पणी गरेकोमा दुःख लागेको बताएकी छिन्। प्रियंका चोपडाले हलिउडमा काम गर्दै जाँदा ‘अमेरिका मेरो देश हो भनेर भन्न मिल्छ कि मिल्दैन्?’  भन्दै उनले प्रश्न गरेकी छन्।

उनले लेखेकी छन्, ‘म भारतीय मिडियालाई दोष दिन्नँ। मैले कहिल्यै उनीहरूबाट यस्तो दुईपैसे नौटंकीभन्दा बढी आशा गरेकै छैन। उनीहरू समाचार होइन, खोक्रो राष्ट्रवाद बेच्छन्। तटस्थ विचार होइन, समाजलाई भड्काउने नारा बेच्छन्।’

अभिनेताहरु राजेश हमाल, जितु नेपाल, अभिनेत्री दिपाश्री निरौलालगायतको पनि मनिषको समर्थन गरेका छन्। उनीहरुले नयाँ नक्सा सार्वजनिक गर्नु राम्रो भएको बताएका छन्।

 

प्रकाशित मिति: १४:०६ बजे, शुक्रबार, जेठ ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्