Kathmandu Press

बलिउड निर्माता बोनी कपूरका घरेलु कामदारमा कोरोना

काठमाडौं, जेठ ९ : बलिउड फिल्म निर्माता बोनी कपूरका घरेलु कामदारमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

उनको घरमा काम गर्ने २३ वर्षीय युवकमा कोर....

बलिउड निर्माता बोनी कपूरका घरेलु कामदारमा कोरोना

काठमाडौं, जेठ ९ : बलिउड फिल्म निर्माता बोनी कपूरका घरेलु कामदारमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

उनको घरमा काम गर्ने २३ वर्षीय युवकमा कोरोना देखिएको हो। भारतीय मिडियासँग निर्माता कपूरले घरमा काम गर्ने युवकमा कोरोना देखिएको बताएका छन्। एक जनामा कोरोना देखिएको छ। उनको उपचार भइरहेको छ, कपूरले भनेका छन्।

त्यस्तै, बोनी कपूरकी छोरी अभिनेत्री जाह्वी कपूरले सामाजिक सञ्जालमा प्रेस विज्ञप्ति सार्वजनिक गरेकी छन्। बोनी कपूरको तर्फबाट जारी गरिएको विज्ञप्तिमा कोरोना देखिएको उल्लेख गरिएको छ।

परिवारका अन्य सदस्यमा कुनै लक्ष्यण नदेखिएको उल्लेख गरिएको छ। अबका १४ दिन सेल्फक्वारेन्टिनमा बस्ने जनाएको छ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Janhvi Kapoor (@janhvikapoor) on

 

प्रकाशित मिति: ११:२३ बजे, शुक्रबार, जेठ ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्